Saturday, September 26, 2026
Home समाचार पर्वतको मालढुंगामा बस दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो

पर्वतको मालढुंगामा बस दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो

473

माघ ३, काठमाडौँ
पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन । बस भीरबाट करिब ६० मिटर तल खसको थियो ।

घाइते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ। दुर्घटनामा घाईते भएका थप २८ जना को धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको अस्पताल धौलागिरी अस्पताल स्रोतले जनाएको छ।