रेशम चौधरी सांसदको शपथ ग्रहण गर्दै

124

काठमाडौं पुस १९,टीकापुर घटनाका मुख्‍य अभियुक्त रेशम चौधरीलाई प्रतिनसधि सभाले शपथ खुवाउने तयारी गरेको छ। कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरीलाई राजनीतिक सहमतिका आधारमा बिहीबार ११ :३० बजे शपथ खुवाउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। हाल डिल्लीबजार कारागारमा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराइने लगत्तै पुन कारागारै लगिने स्रोतले बताएको छ। चौधरीको प्रमाणपत्र निर्वाचन आयोगले पहिले नै संघीय संसदमा बुझाइसकेकाले उनलाई शपथ मात्र खुवाइने बताइएको छ। चौधरीले मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाव जितेका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए। यो घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले रेशमलाई लिएको छ। फरार अवस्थामा रहेका रेशमले आन्दोलनका क्रममा आफ्नो व्यवसायमा पुगेको क्षतिको १ करोड ५० लाखभन्दा बढी क्षतिपूर्ति पनि लिएका थिए। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गर्दै टीकापुरको चारैतिरबाट हजारौँको संख्यामा आएका थरुहट, मधेसीदल पक्षधरहरूबीच भएको झडपमा वरिष्ठ प्रहरी उपरीक्षक ९एस।एस।पी।०सहित आठजना मारिएका थिए। उक्त घटनामा मारिएकाहरूमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरीका निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द थिए। त्यसैगरी, शसस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी, ललित साउद मारिएका थिए भने नेत्रबहादुर साउदका दुईवर्षीय छोरा टेकबहादुर साउद पनि मारिएका थिए। टीकापुर काण्डमा संलग्न भएको अभियोगमा उनीसहित २८ जनाविरूदध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ। -थाहाखबर