शुभ ज्योती साकोसको सातौं साधारण सभा सम्पन्न

183

पुस ५,
भक्तपुर । शुभ ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
विहिबार संस्थाको सभा हल भक्तपुर नगरपालिका–१० कमलविनायकमा एक कार्यक्रममा बीच सातौं वार्षीक साधारण सभा सम्पन्न भएको हो । २०६७ साल चैत ३० गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएर २०६८ साउन १ गतेबाट औपचारीक कार्यालय संचालन गरेर उक्त संस्थाले आर्थिक कारोबार गर्दै आएको सचिव गणेश प्रसाद फुँयालले जानकारी दिएका छन् ।
असार मसान्तसम्मा संस्थामा १ हजार ६ सय ४८ जना सदस्य रहेका छन् । जसमा १ हजार ९६ जना पुरुष र ५ सय ५२ जना महिला सदस्य छन् । करिब ६ करोड २० कुल पँुजि रहेको संस्थाले विभिन्न शिर्षकमा कर्जा प्रवाह गर्दै सदस्यहरुको व्यापार, व्यवसायमा सहयोग गर्दै आर्थिक विकाशको लागि सहयोग गर्दै आइरहेको अध्यक्ष रवि खड्काले बताए ।