काँग्रेस महासमिति बैठक सुरु

93

मंसिर २९,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठक राजधानीमा सुरु भएको छ । महासमिति बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी रहेका छन् । आजको बैठकमा सभापतिले राजनीतिक, महामन्त्रीले साङ्गठनिक र कोषाध्यक्षले आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।