‘कम्युनिस्ट सरकार निरपेक्ष देखियो’

229

साउन २३,
काठमाडौं । नेपाली काँग्रेसका सभापति विमलेन्द्र निधिले राजनीतिक रुपमा महत्वपूर्ण परिवर्तन भएपनि तिनको संस्थागत विकास र कार्यान्वयन हुन बाँकी रहेको बताएका छन् ।काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एसोसिएसनको संयोजनमा प्रशिक्षण कार्यक्रमको उपसभापति निधिले जनताको आधारभूत आवश्यकता पुरा गरी विकासको गति लिनु कुरामा कम्युनिस्ट नेतृत्वको सरकार निरपेक्ष देखिएको बताए ।

यस्तो अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षले गम्भीर हुनुपर्ने उनले विचार प्रकट गरे । डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको सभापतित्वमा जुम प्रविधि मार्फत भएको कार्यक्रममा एकसय तीस भन्दा बढीको सहभागिता रहेको थियो ।