‘प्रसाद’ले पायो दर्शकको साथ

82

मंसिर २४,
काठमाडौं । दर्शक खुसी पार्न सफल फिल्म ‘प्रसाद’ ले बक्स अफिसमा व्यापार पनि राम्रो गरेको छ । शुक्रबार सुखद व्यापार गरेको फिल्मले शनिबार आक्रमक कलेक्सन गरेको निमार्ता सुभाष थापाले जानकारी दिए । फिल्मले शुक्रबार र शनिबार गरी १ करोड १५ लाख ग्रस कलेक्सन गरेको छ निर्माता थापाको भनाई छ । शुक्रबार लगभग ४० लाख ग्रस व्यापार गरेको प्रसादले शनिबार ७५ लाख कलेक्सन गरेको रिपोर्ट छ । फिल्म काठमाण्डौका २१ वटा र मोफसलका ५० वटा हलमा प्रदर्शनरत छ ।