समाचारपत्र दैनिक- मंसिर २४,
काठमाडौं । थाइल्यान्डले एक अर्को मुलुकमा जीवजन्तु आदान–प्रदान गर्ने उद्देश्यका साथ २०५९ वैशाखमा एकजोडी जलगैंडा सदर चिडियाखानालाई उपलब्ध गरायो । नेपालमा नभएको सो जन्तुको संख्या विस्तार हुने धेरैको अपेक्षा थियो तर ८ वर्षअघि बयस्क पोथी र ७ वर्ष अघि भाले वच्चा मरेपछि अहिले चिडियाखानामा जलगैंडा एक्लै छ । चिडियाखानाकै अर्को आकर्षण ‘चाइनिज इलिगेटर’ ९गोही० जोडीविहीन बनेको साढे ५ दशक नाघिसकेको छ । छिमेकी मुलुक चीनले २०१९ मा उपहारस्वरुप प्रदान गरेको सो गोही त्यही बेलादेखि एक्लै छ । जलगैंडा र चाइनिज एलिगेटर प्रतिनिधि उदाहरण मात्रै हुन्, जोडीविनाका जीवजन्तु चिडियाखानामा दर्जनौं छन् । जीवजन्तुले चाहेको आहरा खाने/खुवाउने अनि नियमित औषधि उपचारको व्यवस्था भए पनि आफ्ना दौंतरी र जोडी नहुँदा चिडियाखाना जीवजन्तु खुलेर रम्न पाएका छैनन् । जोडी बाँध्ने पहल अघि नबढाइँदा धेरै जन्तुको प्रजनन अधिकार समेत हनन भएको छ ।