Wednesday, September 23, 2026
Home समाचार पुर्वछाने समाजको केन्द्रिय तदर्थ मूल समिति गठन

पुर्वछाने समाजको केन्द्रिय तदर्थ मूल समिति गठन

221

मंसिर २२,
काठमाडौं । काठमाडौको भृकृटीमण्डपमा शनिवार आयोजित भेलाबाट पूर्वछाने समाजको केन्द्रिय तदर्थ बैठकको लागि मूल समिति गठन भएको छ । २० जिल्लामा संयोजन गर्न केन्द्रिय प्रतिनिधि र संयोजक तोकेको भेलामा मूल समितिकोे केन्द्रिय संयोजकमा डि.एम. पुर्वछाने र सह–संयोजकमा जयराम पुर्वछाने चयन भएका छन् । पुर्वछाने मगरहरुको रितिरिवाज, रहनसहन, परम्परा, संस्कृृति, चाडपर्व, उत्सव, महोत्सवको जगेर्ना, संरक्षण, प्रवद्र्धन तथा सम्बद्र्धन गर्दै समाजको सामुहिक हितका लागि प्रतिवद्ध रहने उद्देश्य राखेको समाजको गठनले समयसापेक्ष समाजमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिको संकल्प सहित गतिविधिहरु अगाडी बढाउने अठोटका साथ समाजलाई क्रियाशिल बनाईने संयोजक डि.एम. पुर्वछानेले बताए । स्वदेशका सबै जिल्लामा समाजलाई विस्तार गर्ने उद्देश्य राखेको जनाउदै संयोजक पुर्वछानेले भने, ‘विश्वभर रहेका पुर्वछाने मगरहरुको एउटै गोत्र भएकाले यसलाई पुर्वछानेहरुको साझा संस्थाको रुपमा स्थापना गर्न लागिएको हो’ ।

माघ १० गते सिन्धुलिमा हुने बृहत भेला पछि समितिले पुर्णता पाउने भएको छ । २० जिल्लाको लागि केन्द्रिय प्रतिनिधि र संयोजकहरु आज (शनिवार) भएको भेलाले चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा मोहन पुर्वछाने सर्लाही, हिमाल पुर्वछाने सिन्धुली, सानुु पुर्वछाने महोत्तरी, उत्तम पुर्वछाने काठमाण्डौ, प्रेम बहादुर पुर्वछाने ईलाम, कृष्ण कुमार पुर्वछाने उदयपुर, चन्द्रा पुर्वाछाने तेह्रथुम, मनिता पुर्वछाने धनकुटा, ध्रुव कुमार पुर्वछाने झापा, पुर्ण प्रकाश पुर्वछाने मोरङ्ग, ज्ञानु पुर्वछाने बारा, आशिष पुर्वछाने रुपन्देही, यम पुर्वछाने सिराहा, निश्चल पुर्वछाने सुनसरी, सरोज पुर्वछाने ओखलढुङ्गा र शिवहरी पुर्वछाने मकवानपुर रहेका छन् । रामेछाप प्रतिनिधि मान बहादुर पुर्बछाने, धनुषाको प्रतिनिधि उत्तम पुर्बछाने र खोटाङको प्रतिनिधि पुन्य कुमारी पुर्बछाने, ननिता पुर्बछाने धनकुटा रहेको छ। त्यस्तै, जिल्ला संयोजकहरुमा मिन बहादुर पुर्वछाने सर्लाही, बेख बहादुर पुर्वछाने रामेछाप, एकेन्द्र पुर्वछाने सिन्धुली, चेत बहादुर पुर्वछाने महोत्तरी, सागर पुर्वछाने काठमाण्डौ, नविन पुर्वछाने उदयपुर, विजय पुर्वछाने ओखलढुङ्ग, काजी पुर्वछाने तेह्रथुम, राजेश पुर्वछाने झापा, भूपाल पुर्वछाने सुनसरी चयन भएका छन् ।