सम्मेलनका नाममा सनातन धर्म संस्कृतिका विरुद्ध षडयन्त्र गरीएको महासंघको आरोप

687

मंसिर १४,

काठमाडौं । विश्व हिन्दु महासंघ, केन्द्रीय समितिले एशिया प्यासिफिक सम्मेलनका नाममा नेपालमा सनातनदेखि चलिआएका धर्म संस्कृतिका विरुद्ध षडयन्त्र गरीएको आरोप लगाएको छ । महांसघले सनातनदेखि चलिआएका धर्म संस्कृतिका विरुद्ध कु–तत्वहरुले सक्रिय हुदैं आएको समेत उल्लेख गरेको छ ।  राष्ट्रिय सम्पत्तिको दोहनका साथ साथै लाखौं सर्वसाधारण नेपाली नागरिकहरुको आवागमन लगायतका दैनन्दिनीमा समेत बाधा अड्चन पु¥याउने गतिविधिको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले घोर निन्दा एवं भत्र्सना गरेको छ ।

प्रेस वक्तव्य: 

                                                                                                  मितिः २०७५।०८।१३ गते

एशिया प्यासिफिक सम्मेलनका नाममा नेपालमा सनातनदेखि चलिआएका धर्म संस्कृतिका विरुद्धमा लागेका कु–तत्वहरुले गरिरहेको राष्ट्रिय सम्पत्तिको दोहनका साथ साथै लाखौं सर्वसाधारण नेपाली नागरिकहरुको आवागमन लगायतका दैनन्दिनीमा समेत बाधा अड्चन पु¥याउने गतिविधिको यस विश्व हिन्दू महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले घोर निन्दा एवं भत्र्सना गरेको छ ।
नेपालको मौलिक सनातन हिन्दु, बौद्ध लगायतका धर्म, संस्कृति समाप्त पार्ने रणनीतिका साथ काम गरिरहेको युनिभर्सल पीस फेडरेशनका गतिविधिमा राज्यको प्रत्यक्ष एवं परोक्ष संलग्नता र शान्ति सुरक्षाका नाममा नेपाल सरकारद्वारा गरिएको सरकारी ढुकुटीको दोहनका विषयमा समेत यस महासंघको ध्यानाकर्षण भएको छ र यो कार्य देश र जनताको हितमा छैन ।
सनातनदेखि चलिआएका धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने भन्ने संवैधानिक व्यवस्थाका विरुद्धमा आफ्नाना गतिविधि संचालन गरिरहेकाहरुको संरक्षणमा राज्यको उपस्थिति र संलग्नताले ९५ प्रतिशतभन्दा बढी नेपाली जनताको भावना, आपसी सद्भाव र भाइचारामा समेत असर पुग्ने र यसबाट सरकारले दीर्घकालीन द्वन्द्वको विजारोपण गरेको हाम्रो निष्कर्ष रहेको छ ।
तसर्थ यस्ता गतिविधिलाई निस्तेज गर्दै तुरुन्त रोक्नका लागि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं । यदि यस्ता गतिविधिहरु संचालन भएमा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार हुनेछ । पुनश्चः कथित एशिया प्यासिफिक सम्मेलनमा यस महासंघसँग आवद्ध कुनै पनि धार्मिक संघ संगठनहरुको उपस्थिति नभएको र कोही कसैले संस्थाको दुरुपयोग गर्दै उपस्थिति जनाएको पाइएमा महासंघले आवश्यक कारवाही अगाडि बढाउने व्यहोरा समेत जानकारी गराइन्छ ।
जय हिन्दु राष्ट्र नेपाल ¤

शम्भुहरि बास्तोला
महासचिव
विश्व हिन्दु महासंघ, केन्द्रीय समिति