पद्म कलेजको नवौँ वार्षिकोत्सव समारोेह सम्पन्न

93

मंसिर १०,
भक्तपुर । श्री पद्म मा.वि. दरवार क्षेत्र, भक्तपुरले आङ्खनोे ९५औं जन्मोेत्सव तथा पद्म कलेजको नवौँ वार्षिकोत्सव समारोेह बिशेष कार्यक्रमका साथ मनाएको छ । विविध छात्रवृत्ति वितरण, छैटौं मा.वि.(९–१२) स्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगिताको पदक÷पुरस्कार वितरण, अतिरिक्त क्रियाकलापका पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रमहरुका साथ मनाएको हो । विद्यालय कलेजका प्रिन्सिपल राम हाडाको नेतृत्वमा रहेको विद्यालयले झण्डै एक दशकदेखि कक्षा नौ देखि १२ सम्म प्राविधिक शिक्षा अन्तर्गत ईन्जिनीयरिङ्ग समेतको अध्ययन सञ्चालन गर्दै आएको छ । चार वर्षे ईन्जिनीयरिङ्गमा समेत श्री पद्मको नतिजा मुलुकभरकै उत्कृष्ठमा पर्दै आएको छ । जिल्लाकै जेठो विद्यालयका रुपमा रहेको विद्यालय ९५ वर्षअघि स्थापना भएको हो ।

सो अवसरमा पुर्व सभामुख तथा संबिधानबिद् दमननाथ ढुंगानाले बिद्यालयको भुकम्पले भत्काएको भवन शीघ्र पुननिर्माण गर्न स्थानीय सरकार र क्रेन्द्रीय सरकारसँग आग्रह गर्नुभयो । सो अवसरमा पुर्व सभामुख ढुंगानाले २० बर्ष देखि निरन्तर रुपमा सेवा गरेका स्कुल तथा कलेजका प्राचार्य राम हाडालाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुभयो । कार्यक्रममा प्रदेश साँसद रजनी जोन्छे,जिल्ला समन्वय समितिम भक्तपुरका प्रमुख नवराज गेलाल,नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,ब्यबस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी लगायतले बिद्यालयले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै बिद्यालयको भौतिक संरचना निर्माण जोड दिनुभएको छ ।