Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय समुन्द्रमा प्लास्टिकको थुप्रोः १४५ ह्वेल मरे

समुन्द्रमा प्लास्टिकको थुप्रोः १४५ ह्वेल मरे

133

मंसिर १०,
एजेन्सी । न्यूजिल्यान्डको स्ट्युअर्ट आइल्यान्डको समुद्री तटमा झन्डै १४५ वटा पाइलट ह्वेलहरू मरेका छन्। शनिवार पदयात्रीहरूले मेसन बेमा अलपत्र परेका ह्वेललाई पहिलो चोटि देखेका थिए। अधिकारीहरूका अनुसार आधाउधी ह्वेल त्यतिबेलासम्म मरिसकेका थिए भने बाँकी ह्वेललाई बचाउन कठिन हुने भएकाले मारिएको थियो।
गत सप्ताहान्त छुट्टै घटनामा १२ वटा पिग्मी ह्वेल र एउटा स्पर्म ह्वेल न्यूजिल्यान्डको समुद्री तटमा आइपुगेर अलपत्र परेका थिए।
पाइलट ह्वेलका दुईवटा बथान राकियुरा अर्थात् स्ट्युअर्ट आइल्यान्डको किनारामा दुई किलोमिटर तलमाथि दुई ठाउँमा आइपुगेका थिए।दुर्गम क्षेत्रमा पदयात्रा गर्दै गरेका एक व्यक्तिले तिनलाई पहिलो चोटि देखेका थिए ।