Wednesday, October 7, 2026
Home अटो आज ‘विश्व टेलिभिजन दिवस’

आज ‘विश्व टेलिभिजन दिवस’

126

मंसिर ५,
कलाकार, निर्माता, निर्देशक नीर शाहको कलाक्षेत्रमा जति ठूलो नाम छ, त्यस्तै पहिचान टेलिभिजन क्षेत्रमा पनि छ । उनी नेपाली टेलिभिजनका पिता भनेर पनि चिनिन्छन् ।

नेपालकै पहिलो टेलिभिजन ‘नेपाल टेलिभिजन’ देशमा भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । उनी यसको पहिलो अध्यक्ष, महाप्रवन्धक पनि हुन् । आज ‘विश्व टेलिभिजन दिवस’ हो । यही सन्दर्भ पारेर नेपालमा टेलिभिजन भित्रिनुको कारण, चुनौती र नेपाल टेलिभिजनको पछिल्लो अवस्थाको विषयमा शाहसँग गरिएको कुराकानी उनकै शब्दमा

जतिबेला टेलिभिजन सुरु गर्ने तयारी हुँदै थियो यहाँका ठूलाठूला नीतिनिर्माता, योजनाकार र ब्युरोक्र्याटस् गलल गलल हाँस्नुहुथ्यो । त्यसो हुनुको मुख्य कारण उनीहरू समयको विकाससँग आफूलाई परिचित राख्न नसक्नुको थियो ।

टेलिभिजनको कुरा गर्दैगर्दा एक जनाले मोबाइलबारे भनेको कुरा पनि सान्दर्भिक होला । उनले मोबाइल फोन पयोग गर्ने ५ जना मात्रै निस्किए भने मेरा काममा कौडी झुन्ड्याइदिनु भनेका शब्दहरू मलाई अझै ताजा छ ।

टेलिभिजनको कुरा गर्दा त यो हुनै नसक्ने, जिरो प्रतिशत सम्भावना बोकेको परियोजना हो भनिन्थ्यो । टेलिभिजन हेर्ने मानिस भेटिँदैन भनिन्थ्यो । त्यो अवस्थाबाट गुज्रिएर अहिलेको अवस्थासम्म आइपुग्दाको एउटा प्रतक्षदर्शी म आफै हुँ ।

२०४१ मा भयो टेलिभिजनको जन्म

वि।सं २०४१ माघ १७ गते नेपाल टेलिभिजन परियोजनाको जन्म भयो । त्यसको प्रमुखको रूपमा म नियुक्त भएँ । दुवै कार्य एकै दिन भयो । त्योभन्दा अगाडि म तत्काली शाही नेपाल चलचित्र विकास कम्पनीमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा मैले चलचित्रको विकास र टेलिभिजनको स्थापनासम्बन्धी एक एक कार्यपत्र तत्कालीन श्री ५ को सरकारलाई बुझाएको थिएँ ।