भक्तपुरमा बसको ठक्करबाट दुईको मृत्यु

163

मंसिर २,
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी—४ स्थित क्षयरोग अस्पताल नजिकै गएराती ११ बजे, बा ५ ख ३७६५ नम्बरको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा २ क १६५४ नम्बरको मिनी ट्रकका चालक काभ्रेको बनेपा —४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाँउका २८ वर्षीय टार्जन श्रेष्ठ रहेका छन् । दुवैजनाको उपचारको क्रममा त्रि।वि। शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो । उक्त मिनी ट्रक अगाडि रहेृको बा २ क ३९३५ नम्बरको ट्रिपरको पछाडि ठोकिन पुगेको थियो । ठक्कर दिने बस सहित चालक भक्तपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।