यमुनाको तिहार कोशेलीः युगौं देखि तिमिलाई सार्वजनिक हुदैं

183

कार्तिक १३,
काठमाडौं ।

युगौं देखि तिमिलाई भेटेको जस्तो
युगौ युगौ भेट्नझै लेखेको जस्तो
यस्तो लाग्छ मलाई तिम्रो आगमन
एउटा मीठो सपना देखेको जस्तो

यसरी हुँदैछ मायाको आभास
एकै धड्कन उही सास फेरेको जस्तो
शिशिरमा अंगालोले बेरेको जस्तो
बर्सौ देखिको प्यास मेटेको जस्तो

यसरी आयौ तीमी मेरो हृदयमा
पत्थरमा फूलहरु झरेको जस्तो
अधरले न्यानो स्पर्श गरेको जस्तो
नजरले मधुर मुस्कान छरेको जस्तो

यो सुन्दर गीतका हरफहरु गीतकार तथा गजलकार यमुना पराजुली अधिकारीका हुन् । उनी गीत तथा गजलकार मात्रै होइनन् बालबालिकाको क्षेत्रमा कलम चलाउँदै आएकी लेखिका पनि हुन् । निकै ओजिला उनको यो गीतको शब्द युगल स्वरमा गायिका मेलिना राई र गायक गौरब आलेको स्वर दिएका छन् । पराजुलीको यो गीत चाँदै भिडियो निर्माण सहित बजारमा अउने भएको हो । रेकर्ड सकेको यो गीतमा प्रमोद पन्तको संगीत रहेको छ । गीतमा आचल शर्मा र मनोज ओलीले अभिनय गर्दैछन् । तिहार अगाडी नै भिडियो सहितको यो गीत सार्वजनिक गर्ने तयारी भइरहेको गीतकार यमुना पराजुली अधिकारीले बताइन् ।