Sunday, September 27, 2026
Home अर्थ भक्तपुरको सरस्वतीस्थानमा ग्लोबल आइएमई बैंकको १०४औं शाखारहित बैंकिङ्ग सेवा सुरु

भक्तपुरको सरस्वतीस्थानमा ग्लोबल आइएमई बैंकको १०४औं शाखारहित बैंकिङ्ग सेवा सुरु

91

कात्तिक ९,
भक्तपुर । ग्लोबल आइएमई बैंकले भक्तपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको छ ।

बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सरस्वतीस्थानमा आफ्नो १०४ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जय कुमार घिमिरेले गरे ।

शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय गौरव तिमल्सिना व्यवसायीक प्रतिनिधि नियुक्त भएका छन् । यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको सूर्यविनायक शाखा अन्तर्गत रहनेछ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम सिडीएमए यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।