Sunday, September 27, 2026
Home राजनीति ‘पूँजीवादको अन्त्य गर्न एउटै कम्युनिष्ट धार चाहिन्छ’

‘पूँजीवादको अन्त्य गर्न एउटै कम्युनिष्ट धार चाहिन्छ’

200

कार्तिक ८,
बेंसीशहर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एकाधिकार, दलाल र पूँजीवादको बिगबिगी भएको समयमा कम्युनिष्टको एउटै कम्युनिष्ट धार निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्प्युनिष्ट पार्टी ९नेकपा० लमजुङले आज बेंसीशहरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् परिवर्तन भएका छन् तर राज्यका सबै अङ्ग वैचारिक पाटोका रुपमा परिवर्तन भएका छैनन् ।” “वैचारिकरुपमा राज्यका सबै तत्व परिवर्तन हुन सकेका छैनन्,” गुरुङले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको तलदेखि माथिल्लो संयन्त्रसम्म पार्टीलाई एकीकृतरुपमा अगाडि बढाउनु हो ।” उहाँले आवश्यक परे संविधान संशोधन गरेर अगाडि बढ्न सकिने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले केन्द्र सरकारबाट मात्रै लमजुङ जिल्लाको विकासका लागि करीब रु पाँच अर्ब नौ करोड बजेट र केन्द्र, प्रदेश र स्थानीय तह गरी कूल करीब रु सात अर्ब ५३ करोड बजेट आएको उहाँले जानकारी दिनुभयो । -रासस