भक्तपुरको सल्लाघारीमा मुस्ताङे भेडा च्याँग्रा

439

असोज २५,
भक्तपुर । हिन्दुहरुको महान पर्व दशैँकोलागि मुस्ताङबाट ल्याएका भेडा– च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा आइपुगेका छन् । .यो वर्षको दशैँकोलागि व्यापारीहरुले जोमसोम लयातका स्थानबाट खरिद गरेर ल्याएको भेडा र च्याङ्ग्रा ल्याएका हुन् । मासुका लागि प्रयोग गर्न भारतबाट खसीबोका, नेपालकै उच्च हिमाली भेग तथा चीनबाट समेत भेडा च्याँग्रा देशका विभिन्न स्थान खरिद बिक्रि हुदैं आएको छ । हिमाली भागबाट आयात हुने भेडा र च्याँग्रा जडिबुटि खाएर हुर्कने र यसको मासु स्वास्थका लागि लाभ हुने भएकाले सर्वसाधरणको रोजाईमा पर्ने गर्दछ । दशैंको आगमनसँगै आयत गरिएका भेडा र च्याँग्रामा स्थानीय सरकारले आफ्नो क्षेत्रमा निकासी कर लिदाँ यसको मुल्यमा वृद्धि भएको व्यापारी पशुपति सिलवालले बताए ।

विगत १८ वर्षदेखि भेडा र च्याँग्रा व्यापार गर्दै आएका उनले भने ‘नेपाल त अब ७ वटा देशजस्तो भएछ, एउटा खोल्छा तरेको छैन फेरी लाग्ने अवस्था आएछ । ’ उनको अनुसार मुस्ताङबाट म्यादी, पर्वत, कास्की, तनहँ, चितवन, धादिङ, काठमाडौं हुदैं भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याँग्रा ल्याउदा आधा दर्जन भन्दा धेरै स्थानमा कर तिर्नु परेको छ ।
केन्द्रिय सरकारले खसी, बोका र भेडा, च्याँग्रा कर नलिन आग्रह गरेपनि स्थानीय सरकारले अटरे गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधरण पर्ने भएका छन् । विभिन्न स्थानमा स्थानीय तहहरुले कर लिने गरेकाले पनि लागतमा वृद्धि भएको व्यापारीहरुको भनाई छ । एक ठाउँमा कर तिरेपछि अन्यत्र तिर्नुपर्ने भएपछि मुल्यमा मुल्यमा धेरै पर्ने गरेको व्यापारीहरुको भनाई छ । गतवर्ष जिउदों च्याँग्रा प्रति केजी ६ सय पचास रुपैयाँमा विक्रि भएको थियो । यो वर्ष बुधबार व्यापारीले ७ सय ५० रुपैयाँ मुल्य तोकेका छन् । तयारी मासु गत वर्ष १ हजार २ सय देखि ३ सय रुपैयाँ थियो । यो वर्ष तयारी मासुको मुल्य १ हजार ६ सय तोकिएको छ । बिगतका बर्षमा झन्डै पैंतिस सय देखि चार हजार सम्म च्याँग्रा बिक्रि हुने भक्तपुरको सल्लाघारीमा मंगबलबार साझँदेखि भेडाँ च्याँग्रा भित्रने क्रम जारी छ ।