यतिको माउन्टेन फ्लाइटः एक किन्दा एक टिकट सित्तैमा

178

मंसिर २०,
काठमाडौं । यति एयरलाइन्सले आज ९शनिबार० देखि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए । उनका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन् । एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ । एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ । जसका कारण माग बढेको प्रवक्ता बार्तौलाले बताए । यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उनले बताए । कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी उडान गरिएको बार्तौलाले बताए ।