नहरमा बेवारिसे शव भेटियो

216
सांकेतिक तस्विर

असोज २१,
सिरहा । सिरहाको मिर्चैया ३ मा आइतबार बिहान कमला नदीले बगाएर ल्याएको बेवारिसे शव भेटिएको छ ।

मिर्चैया नगरपालिका ३ मा पर्ने कमला नदिको पूर्वी नहर नहर डुमरीमा कमला नदीले बगाएर ल्याएको करिब ३५ वर्षीय पुरुषको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार खेतबारीमा काम गर्न गएका स्थानीय गाउँलेहरुले नहरमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मिर्चैयाका प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहले सूचना पाए लगत्तै घटनास्थल पुगेको प्रहरी घटनास्थल प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको बताए ।