Monday, October 12, 2026
Home समाचार विभिन्न स्थानमा ६ जनाको शव भेटियो

विभिन्न स्थानमा ६ जनाको शव भेटियो

157

फागुन २९,
काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित हंशमण्डप जंगलमा हाल नाम थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ स्थित मालुङ्गबाट साङ्ला जाने बाटोको सडक मुनि रहेको बाँसको झ्याङमा मोरङ बेलबारी घर भएका २५ वर्षीय आशिस लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् । यता, ललितपुर महानगरपालिका–१५ खुमलटार राउत गाउँ बस्ने ४२ वर्षीय कृष्णहरि राउत आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका ९५ गेटास्थित सडकको नालामा कन्चनपुर भिमदत्त नगरपालिका–५ बनगाउँ बस्ने ५२ वर्षीय मोहन चन्द शनिबार मृत अवस्थामा फेला परेका छन् भने भोजपुर पौवादुम्मा गाउँपालिका–१ श्यामशिला बस्ने ५० वर्षीय भविन्द्र बहादुर तामाङ सोही ठाउँस्थित उत्तिस बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।यता, चितवन राप्ती नगरपालिका–५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा अन्दाजी ५१ वर्षीय पुरुष शुक्रबार मृत अबस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।