रोकिएन चेलिवेटी ओसार-पसार: तिर्थराज रेग्मी उपर उजुरी बढ्दो

232

असोज २१,
काठमाडौं । मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुदाँ विदेशी भुमिमा श्रम बेच्च युवा जनशक्ति विवस छ । मुलुकको कुल ग्रायस्थ उपादनमा २६/२७ प्रतिशत योगदान रहेको मानिने रेमिट्यान्स भित्र अनेकन पिडा र समस्या रहेका छन् । भनेको जस्तो तलव सुविधा नपाउने मात्र होइन प्रतिवन्धित काम तथा देशमा गैहकानुनी ढंगले सोझा गाउँले युवायुवतीलाई पठाउने क्रम रोकिएको छैन ।

वैदेशिक रोजगार विभागमा पर्ने गरेका उजुरीहरुको राम्रो संग छानविन भै कारवाही नहुदाँ घटनाहरु दिनानु दिन बढेका छन् । कसुरदारहरु माथी उचित कार्वाही नहुदाँ घटना दोहोरीने गरेको पिडितहरुको गुनासो छ । एउटा घटनाको किनारा लाग्न बर्षै लाग्ने र त्यसमा पनि कसुरदार उम्कने घटनाका कारण चेलिवेटी ओसार पसार तथा वैदेशिक रोजगारीमाअवैधानीककामगर्नेहरु उम्कने गरेको देखिन्छ ।

२०७० सालश्रावणमा भोजपुर घर भै काठमाण्डौ कोटेश्वर बस्ने विनोद थापा विरुद्ध संखुवासभा घर भै भक्तपुर बस्ने तिर्थराज रेग्मीले वैदेशिक रोजगार कसुर सम्बन्धिउजुरी गरेकोमा २०७४ चैत्रमामात्रविभागले महानगरिय प्रहरी परिसर भक्तपुरमा कसुरदार पक्राउगरि उपस्थिति गराइदिने सम्बन्धमा पत्राचार ग¥यो । अहिले तिनै रेग्मीको विरुद गृह मनत्रालय.  महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा,र  प्रधानमन्त्रि कार्यालय मा चेलिवेटी ओसार पसार र अवैध धन्दा संचालनगर्नेलाई कार्वाही गरिपाउ भन्दै उजुरी दिइएको नामगोप्य राख्ने सर्तमा पीडितबाट जानकारी प्राप्त भएको छ ।

दुर्गम क्षेत्रका चेलिवेटीहरुलाई राम्रो जागिर लगाइदिने भन्दै खाडी मुलुमा पठाउने गरेको र त्यहाँधेरै नेपाली महिला विचल्लिमा परेको उजुरीमा उल्लेख गरिएको छ । घरेलु काममा प्रतिबन्धित खाडि मुलुकहरुमा भारतिय वाटो प्रयोग गरि पठाउने गरेको उजुरीमा उल्लेख गरिएको छ ।