असोज ५,
काठमाडौं । राजधानीमा जारी रहेको नेपाल निर्माण व्यवसायी महासंघको ११ औ अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रामशरण देउजाको निर्माण क्षेत्रमा विगत र वर्तमान यस्तो रहेको छ ।
उहाँ कै शब्दमा यस्तो छः
२०५४ मा सस्थापक महासचिव हुदै २ कार्यकाल (२०५६, २०५९ २०६२) भक्तपुर निर्माण ब्यबसायी सघको अध्यक्षको जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्दै महासघको कार्यसमिति सदस्य, नितिगत उपमहासचिव र बर्तमान महासचिबको पदमा रहि पुर्ण त ब्यबसायिक हकहित र निर्माण ब्यबसायलाई मर्यादित , समय सापेक्ष ब्यबस्थित र थप ब्यबसायिक बनाउन इमानदारीता र निस्वार्थ सदैव क्रीयाशिल र लगनशील रहदै म आजको दिन सम्म आइपुगेको छु । आज याहा सम्म आइपुग्न मलाई प्रत्येक्ष अप्रत्यक्ष सहयोग पुराउनुहुने सबैलाई एक पटक हार्दिक नमन गर्न चाहान्छु ।
यो २ दशक भन्दा लामो ब्याब्सायिक नेतृत्वका दौरान मैले नेपाल निर्माण ब्यबसायी महासघका मुर्धन्य नेतृत्वहरु श्री रमेश शर्मा, श्री जिप्छिरिङ लामा, सुकुन्तलाल हिराचन, एक्छ ध्वज कार्की, जयराम लामिछाने र स्व। शरद गौचन सग निकै नजिक बसेर धेरै कुराहरु सिक्ने र आफुलाइ लगनशील बनाउने मौका पाए । त्यही अबसर पाएका कारण म आज याहा सम्म आइपुगेको छु । उहाँहरु सगको सामीप्यताले मैले मेरो सगठनलाइ राम्रो सग बुझ्ने मात्र होईन आबद्ध साथीहरूको समस्या र महासघले निर्बाह गर्नुपर्ने भुमिका बारे राम्रै ज्ञान हाशिल गरेको छु । साथै नेतृत्वले गर्नु भएका राम्रा अनि नराम्रा कुराहरूको साक्षी पनि बस्दै आएको छु । जे कुरा उहाँहरु बाट प्राप्त भयो त्यसका लागी सबैको तर्फबाट धन्यवाद पनि दिन चाहान्छु ।
जुन कुराहर हुन सकेनन् किन भएनन त रु समस्या समाधानमा लागीरहदा नेतृत्वका कुन कुन कमजोरी भए । नेतृत्व काहा नीर चुक्यो । के गरेको भए सफलता प्राप्त हुन्थ्यो । कथनी र करणीमा किन मेल खाएन । तयारी र प्रस्तुतिकरणका कमजोरी आदि बारे राम्रै अनुभव बटुलेको हुँदा ती कमिकमजोरीको पुनरावृत्ति नगर्ने नगराउने प्रतिबद्धता म ढुक्कका साथ आजको दिन प्रण गर्न चाहान्छु । मेरो ज्ञान बुद्धि र विवेकले भ्याए सम्म पुर्बजहरु बाट सिकेको अनुभव तपाईहरुको सेवामा लगाउने मेरो अठोटलाई सार्थक बनाइदिनुहुन तपाईंको एक भोट ज्यादै महत्वपुर्ण छ । आफुलाइ त्यस्को हकदारको रुपमा स्थापित गर्न तपाईहरु समक्ष अध्यक्षको उम्मेदवारि प्रस्तुत गरेको छु ।
नमस्कार ,