ठगप्रसादलाई हात्तीले मार्यो

264

माघ १८,
पर्सा । सोनवर्षा गाविसमा गए राति जंगली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । गाविसको वडा नं ९मा पर्ने चरभयौ सेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो । श्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित दूधेश्वर महादेवको मन्दिरमा जल चढाउन गएका क्रममा कवरीहरुको समूहमाथि हात्तीले आक्रमण गर्दा अन्य कवरी भाग्न सफल भए पनि यादव भाग्न नसकेपछि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक, गोविन्दकुमार साहले जानकारी दिए । कवरी समूहमाथि हात्तीले आक्रमण गरेको सूचना पाएपछि तत्कालै घटनास्थलमा पुगेको थियो ।