Sunday, September 27, 2026
Home राजनीति नेकपामा भद्रगोल

नेकपामा भद्रगोल

133

भदौ ३०,
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा शनिबार सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए ।‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन रु,’ उनको भनाइ थियो, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्‍यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले आक्रोशमात्र पोखेनन्, पार्टी भित्रभित्रै खोक्रो पार्ने ‘धमिरा प्रवृत्ति’ देखिएको पनि उल्लेख गरे ।कुनै बेलाका अत्यधिक क्रियाशील र जुझारु मानिने पार्टीका नेता–कार्यकर्ता यतिबेर किन ओलीले भनेजस्तो ‘अरिंगाल’ बन्न सकेका छैनन् त रु ‘यो प्रश्नको जवाफ भेट्न ओलीजीकै कार्यशैली केलाउनुपर्ने हुन्छ,’ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले भने, ‘अरिंगालको जस्तो सामूहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनुपर्छ तर पार्टीभित्र अहिले सामूहिकता हराएको छ ।के हुँदै छ, के गरिँदै छ, कसैलाई थाहा हुँदैन । अनि उहाँले गरेका कामको स्वामित्व अरूले कसरी लिन सक्छन् रु’ गत जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुवैतर्फका तल्ला तहका संगठन करिब ‘प्यारालाइज’ भएका छन् । माथिल्लो तहमा केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बनेका छन् । तर, केन्द्रीय समिति र स्थायी समितिको बैठक नै बस्दैन । एकतापछि जम्माजम्मी परिचय गर्ने प्रयोजनका लागि मात्र यस्ता बैठक बसे । नौ जना रहेको सचिवालय बनेको छ । त्यसको मात्र बैठक बस्छ ।