बाह्रबीसे पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा

164

भदौं ७,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधी खोलाको पक्की पुल शनिबार रातिको बाढीपहिरोले अरनिको राजमार्गअन्तर्गत बगाएपछि अस्थायीरुपमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । बाह्रबीसे नगरपालिका–३ र ४ को बीचमा पर्ने पक्की पुल बगाउँदा नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकाबीच यातायात सम्पर्क स्थापित गर्न भएपछि वैकल्पिक अस्थायी मार्ग बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्षात् कम भएपछि सो ठाउँमा पक्की पुल बनाइने र बजार क्षेत्रमा क्षति पुग्न नदिन दुई स्काभेटर तयारी हालतमा राखिएको प्रजिअ अधिकारीले बताउनुभयो । बगाएको पुलको ठाउँमा अढाइ महिनाभित्र सम्पन्न हुने गरी पक्की पुल निर्माण गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभिजन इञ्जिनियर अशोक तिवारीले जानकारी दिनुभयो