हुम्लामा मानसरोवर यात्रीको मृत्यु

104

भदौ ७,
हुम्ला । रसुवा जिल्लाको केरुङ नाकाबाट मानसरोवर र कैलाश दर्शन गएका भारत, गुजरातका ६६ वर्षीय अनिलकुमार केराबगीको स्थानीय डाँकलाकोटमा मङ्गलबार मृत्यु भएको छ । राहदानी नं एम ९६०२२७६ का ती यात्रीको शव नेपालगञ्ज हँुदै घरतिर पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।