पाण्डोबजार खानेपानीमा पुनः त्वातीको नेतृत्व

77

-हेमराज ढकाल
साउन ११,
भक्तपुर । पाण्डोबजार खानेपानी योजना जल उपभोक्ता समितिको प्रथम अधिवेशनले राजनकाजी त्वातीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सूर्यविनायकमा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा कान्छा सुवाल, सचिवमा कृष्णराम ध्वजू, सहसचिवमा हरि भट्टराई, कोषाध्यक्षमा रामसुन्दर सुवाल, सदस्यहरुमा शशीकदा दोङ्ग लामा, सानुकेशरी त्वाती, हरिकृष्ण श्रेष्ठ, राजेन्द्र त्वाती, सत्यनारायण ध्वजू र पूण्यराम ध्वजू चयन भए । उक्त समितिले चारवटा डिप बोरिङ्ग गरेर करिब ८५० घरधुरीलाई धारा वितरण भईसकेको बताउँदै पानी संकलनका लागि १२ लाख लिटर क्षमताको ५ वटा ट्याङ्गी निर्माण सम्पन्न गरेको र थप ३ लाख लिटरको ट्याङ्गी निर्माण गर्ने तयारीमा रहेको छ । ९ करोड ५५ लाखको योजना स्वीकृत गरेको अध्यक्ष त्वातीले समितिको कोषमा १ करोड ७ लाख मौज्दात रहेको बताए ।