बलात्कारी धर्मगुरु आसारामलाई जन्मकैद

295

बैशाख १२,
भारतमा । नाबालिकालाई बलात्कार गरेको पुष्टि भएपछि चमत्कारी धर्मगुरु रूपमा परिचित आसाराम बापुलाई जोधपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ। आसारामका अलवा बलात्कारमा शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश पनि अभियुक्त रहेका थिए। जसमध्ये शिल्पी र शरतचन्द्रलाई २०(२० वर्षको कैद सजाय सुनाइएको छ भने प्रकाश र शिवालाई सफाइ दिइएको छ। शरत छिन्डवाडा आश्रमका निर्देशक हुन् जहाँ नाबालिक केटीहरूलाई पढाइका लागि जान्थे। आसारामलाई भारतीय संविधानको धारा ३७६ अनुसार दोषी पाइएको बताइएको छ। ७७ वर्षीय आसारामले मनाई आश्रममा सन् २०१३ मा १६ सालकी युवतीलाई बलात्कार गरेका थिए। बलात्कार गरिएकी युवतीका आमा(बुबा आसारामका भक्त थिए। उक्त युवती पढाइका क्रममा लडेर घाइते भएकी थिइन्। उपचारका लागि अभिभावकले आसारामकोमा लगेका थिए। युवतीलाई भूतप्रेत लागेको भन्दै आसारामकोमा पुर्‍याएपछि त्यहीँ बलात्कारको सिकार भएकी थिइन्। आसाराम अर्की महिलालाई बलात्कार गरेको अभियोग पनि चलिरहेको छ। आसारामलाई इन्दौरबाट गिरफ्तार गरिएको थियो। उनलाई गिरफ्तार गरिएपछि समर्थकहरूले आतंक मच्चाएका थिए। गिरफ्तारीपछि आसारामको यौन क्षमताको परीक्षण गरिएको थियो। जसमा उनी सक्रिय रहेको पाइएपछि हिरासतमा राखिएको थियो। सन् २०१३ देखि नै उनी हिरासतमा थिए। आसारामले भने आफू निर्दोष रहेको बताउँदै आएका थिए।