किन गरे ८३ वर्षको उमेरमा बेहुला बनेर बिबाह

191

छोरा पाउने रहरले एक जना वृद्धले ८३ वर्षको उमेरमा अर्को बिबाह गरेका छन । भारत राजस्थानका सुखराम बैरवाले ८३ वर्षको उमेरका बेहुला बनेर बिबाह गरेका हुन । हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । केही दिनपछि उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् । विवाहपछि प्रहरीले कानुनी कारबाहीको बाटो अँगाल्छ कि भनेर सुखरामको परिवार चिन्तित देखिए पनि प्रहरीले भने आफूलाई घटनाका बारेमा केही जानकारी नभएको बताएको छ ।