‘देह व्यापार’मा लगाउन छिटो बढ्ने औषधि

118

साउन २,
बीबीसी । विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ। शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई ग्रोथ हर्मोन लगायतका औषधि दिइएको कतिपय पीडित नेपाली किशोरीले पुष्टि गरेका छन्।

कुटपिट
त्यस्तैमध्येकी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, मलाई दिनको दुई पटक लामो लामो रातो चक्की ‌औषधि खान दिइन्थ्यो। त्यो खादाँ मलाई बान्ता आउँथ्यो। सकेसम्म खान नपरोस् जस्तो लाग्थ्यो। तर खाएन भने गाली गर्थे, कुट्थ्ये र उनीहरूले नै खुवाइ दिन्थे। त्यो खायो भने छिट्टै ठूलो हुन्छौ र घर जान पाउँछौ भन्थे उनीहरूले। उनी आठ वर्षकी हुदाँ पढ्नका लागि काठमाण्डू आएकी थिइन्।

‘बिहे नगरी पुरुषसँग बस्ने महिला हिंसाबाट पीडित’

दुबईबाट ४४ नेपाली महिला फिर्ता

एक महिलाले छोरीलाई गुणस्तरीय शिक्षा दिने भनी आश्वस्त पारेपछि आठ सन्तानमध्येकी एक उनलाई अभिभावकले ती महिलाको जिम्मेवारीमा पठाइदिएको उनले बताइन्। तर काठमाण्डूबाट भारतको एउटा शरहमा एउटा नेपाली परिवारसँग राखियो। यौन दुर्व्यवहार गरे बापत १ सय ७५ वर्ष जेलसजाय
जहाँ ती बालिकाले घरधन्दा गर्नुपर्थ्यो, त्यहाँ बसेको करिब दुई वर्षपछि उनलाई अर्को शहरमा पुर्‍याइएको उनी बताउँछन्। यहाँ पनि नेपाली परिवारसँगै बसेँ। उनीहरूले मलाई त्यो औषधि दिन थाले। त्यस्तो औषधि खुवाए र करिब दुई वर्षपछि उनीहरूले मलाई बेचिदिए। त्यो नराम्रो काम गर्ने ठाउँ थियो जहाँ म सबैभन्दा सानी थिएँ।

ती मानिससँग जादिनँ भन्यो भने तिमीलाई हामीले किनेको पैसा तिर्नपर्छ भन्दै कुट्थ्ये। धन्न म त्यहाँ पुगेको छ महिनामै पुलिसले छापा मार्‍यो र म त्यहाँबाट बाहिर आउन सकेँ। भारतसँगका नाकामा प्रहरी र विभिन्न गैरसरकारी संस्थाको जाँच तीव्र भएपछि मानवतस्करहरूले साना बालिकाहरूलाई लक्ष्ति गर्न थालेको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन्। किशोरीहरूमाथि निगरानी भइरहेको समयमा साना बालिकालाई लिएर नाका पारि जान सजिलो भयो। कसैले सोध्यो भने मेरै बच्चा हो भने भइहाल्यो, सजिलो हुन्छ।

बालिकाहरूलाई राम्रो विद्यालयमा पढाइदिने प्रलोभन देखाएर लैजाने र पछि बेच्ने गरेको पाइएको खड्काले बताए। भारतमा रहँदा एउटी बालिकालाई समयभन्दा अघिनै किशोरी बनाएको देखेको अनुभव बेचबिखनविरुद्ध सक्रिय शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दुनुवारको पनि छ।

 

युद्धको हतियारका रूपमा प्रयोग भएका महिला
त्यो बढेर २०७२/७३ त्यो संख्या २१२ रहेको मा २०७३/७४ २२७ र २०७४/७५मा २५० भन्दा बढी पुगेको नेपाल प्रहरीले जनाएको छ। पीडितमध्ये करिब ८० प्रतिशत महिला छन्। विदेशमा घरभित्रको काम लगाइदिने, स्थायी बसोबासको व्यवस्था मिलाइदिने, विदेशीसँग विवाह गराइदिने जस्ता प्रलोभन देखाएर महिलाहरूको बेचबिखन हुने गरेको भेटिएको प्रहरीले जनाएको छ। तर देह व्यापारको प्रयोजनका लागि बालिकाहरूको तस्करी भएको भन्ने विषय आफूहरूको अभिलेखमा नरहेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्री बताउँछन्।