बैशाख २४,
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा। महेन्द्र विष्ट र डा। राजेश अहिराजलाई प्रदान गरेको छ । राष्ट्रपति विद्या भण्डारीले पत्रकारद्धय डा। विष्ट र डा। अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेकी हुन्। सोमबार तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रपति भवन सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान समेत प्रदान गरे। सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सोही अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सूसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरुलाई सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन्। उनले पत्रकारिताको माध्यामबाट मुलुकको समग्र क्षेत्रको विकासमा पुरस्कृत पत्रकारहरुले महत्वपूर्ण योगदान दिने अपेक्षा पनि गरिन्। राष्ट्रपति भण्डारीले मुलुकमा सद्भाव कायम गर्न पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरिन्। उहाँले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनका लागि नेपाली पत्रकारहरुले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरिन्।