अध्यक्ष मण्डल नराख्ने राजपाको तयारी

207

असार २३,
काठमाडौं । महाधिवेशनपछि एकजना अध्यक्ष, दुईजना सहअध्यक्ष, तीनजना महासचिव, तीनजना सहअध्यक्ष, एकजना कोषाध्यक्ष र एकजना प्रवक्ता रहने मस्यौदा तयार भएसंगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डल नरहने भएको छ । असार ४ देखि ६ गतेसम्म बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा तीनजना अध्यक्षले पेस गरेका छुट्टाछुट्टै विधानको मःयौदाको आधारमा हामीले रिर्पोर्ट बनाएका थियौँ । बैठकमा अध्यक्ष मण्डलका सदःयहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र राय यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए । सो विधानमा राजेन्द्र महतो अध्यक्ष मण्डल राख्ने कि नराख्ने विषयमा मौन थिए भने अनिल कुमार झा र महेन्द्र राय यादवले अध्यक्ष मण्डलको प्रावधानलाई कायम राखेका थिए । यद्यपी विधानमा अध्यक्षमण्डलको प्रावधान उल्लेख गरेपनि महेन्द्र राय यादवले मौखिक रुपमा अध्यक्ष मण्डल भन्दा एकल अध्यक्ष राम्रो हुने धारणा राखेका थिए । अनिल कुमार झाले अध्यक्ष मण्डलको प्रावधान उल्लेख गरेपनि सो विधानको अन्तिममा विकल्पको रुपमा एकल अध्यक्ष हुनुपर्ने उल्लेख गरेका थिए । तीन जनाले प्रस्तुत गरेका विधानको बारेमा अध्ययन गरि एकीकृत विधान बनाउनका लागि लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहने गरि पार्टीले एउटा कार्यदल बनाएको थियो । सो कार्यदलले असार २१ गतदेखि शुरु भएको राजनीतिक समितिको बैठकमा आफ्नो प्रतिवेदन प्रःतुत गरेको छ । सो विधानमा अध्यक्ष मण्डलका प्रावधानलाई हटाएर एकल अध्यक्षको व्यवःथा गरेको छ । यद्यपी एकल अध्यक्षको व्यवःथा गरेपनि वरिष्ठ एवं प्रमुख नेताहरुलाई व्यवस्थित गर्नका लागि १४ सदस्यीय एउटा कार्यकारिणी सल्लाहकारको व्यवस्था समेतको प्रस्ताव गरिएको छ । जारी राजनीतिक समिति बैठकमा बोल्ने बहुमत सदस्यबाट अध्यक्षमण्डल भंग गर्नुपर्ने सुझाव आएको पार्टी महासचिव एवं प्रवक्ता केशव झाले जानकारी दिए । बैठकमा राजनीतिक समितिका सबै सदस्यले आआफ्नो धारणा राखि सकेका छन् । २०७४ बैशाख ७ गते विभिन्न ६ वटा मधेशवादी पार्टी मिलेर राजपा नेपाल बनेको थियो ।