Sunday, September 27, 2026
Home मनोरन्जन सकियो नालापानी छायांकन

सकियो नालापानी छायांकन

109

असार २२,
काठमाडौं । फिल्म नालापानीको छायांकन सकिएको छ। तीन महिनाको लगातार छायांकनपश्चात नालापानीको हाल सम्पादनको काम भइरहेको छ। नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरिता विश्वले उच्च मूल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यस फिल्म हाल बिजिबी इन्टरनेसनलमा धमाधम सम्पादन भइरहेको छ। फिल्मको सम्पादनसँगै भिएफएक्सको काम पनि भइरहेको छ। भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा फिल्मका सम्पादन टिम तथा भिएफएक्स टिमसँगै रहेर काम गरेका थिए।