Sunday, September 27, 2026
Home राजनीति माइतीघरको निषेधाज्ञा तोड्यो नेविसंघले

माइतीघरको निषेधाज्ञा तोड्यो नेविसंघले

178

असार २०,
काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघले सरकारले माइतीघरमा लगाइएको निषेधाज्ञा तोडेका छ। नारावाजी गर्दै आएका विद्यार्थीहरूले प्रहरीको घेराउ तोड्दै निषेधाज्ञामा प्रवेश गरेका हुन्। गृह मन्त्रालयले केही दिनअघि पत्रकार सम्मेलन गरी साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागू गर्ने जानकारी दिएपछि कांग्रेस कडा रूपमा प्रस्तुत भएको छ। सरकारले सात स्थानमा मात्रै प्रदर्शन गर्न पाइन निर्णय गरेसँगै कांग्रेस निकट नेविसंघले विरोध जनाउँदै आएको छ। सयौँको संख्यामा आएका विद्यार्थीले प्रहरीको घेराउ तोड्दै माइतीघर मण्डलाभित्र प्रवेश गरेका छन्। माइतीघरलगायतका क्षेत्रमा सरकारले लगाएको निषेधाज्ञा फर्ता लिन माग गर्दै विद्यार्थीले नारावाजीसमेत गरेका छन्। अहिले प्रहरीले आन्दोलनकारीलार्इ थापाथली तर्फ धकेलिरहेको छ। नेविसंघका कार्यकर्ताहरू माइतीघर भित्र प्रवेश गरेका छन्। विरोध सभामा नविसंघका महामन्त्री कुन्दन अर्याल लगायतका नेताहरू सहभागी छन्।