उत्कृष्ट कृषकलाई राष्ट्रपति पुरस्कार

168

असार २०,
काठमाडौं । आर्थिक वर्ष २०७४र०७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना किसान पुरस्कृत भएका छन्। देशका विभिन्न ठाउँका आधुनिक कृषि प्रणाली प्रयोग गरि कृषिमा लागेका किसानलाई ममंगलबार सम्मान तथा पुरस्कार दिइएको हो। चार जना किसानलाई उत्कृष्ट र एक जना किसानलाई सर्वोत्कृष्ट घोषणा गरिएको छ। सर्वोत्कृष्टलाई दुई लाख नगदसहित सम्मान गरिएको छ भने चार जना उत्कृष्टलाई एक लाख नगदसहित सम्मान गरिएको छ। मन्त्रालयले बनाएको कार्यविधिअनुसार उत्कृष्ट कृषकलाई कृषि भूमि सुधार तथा सहकारीमन्त्री चक्रपाणि खनालबाट पुरस्कार दिइएको हो।