सन्ध्या जोशीको दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

80

असार १६,
काठमाडौं । नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी स्वयम्ले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन देवजंग थापाले गरेका हुन् ।
https://www.youtube.com/watch?v=rdhUPVPZCRE