Saturday, October 10, 2026
Home समाचार आसार मसान्तसम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने

आसार मसान्तसम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने

111

असार ११,
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आसार मसान्तसम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका छन्। देश संघीयतामा गइसकेपछि स्थानीय तहमा कर्मचारी पुग्न नसकेको विषय लामो समयदेखि उठ्दै आएको छ। असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाउने पण्डितले बताए। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पण्डितले अब स्थानीय तहले कर्मचारी अभावको समस्या खेप्नु नपर्ने बताए। स्थानीय तहमा प्रमुखहरू पठाउने काम पूरा भएको बताए। अब सहायक स्तरका कर्मचारी पठाएर स्थानीय तहको कार्यसम्पादनलाई सहज बनाउन सरकारले भूमिका खेल्ने उनले बताएका छन्। अहिले स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्ने काम बन्द भएको र केन्द्र बाटै स्थायी कर्मचारी पठाइने उनले बताए।