पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

28

काठमाडौं । प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन्। उद्‌घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पोखरा महानगरले लिएको छ। समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए।

विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको हो। उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको उनीहरुको भनाइ छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरू बताउँछन्।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभूषासहितको र्‍याली निस्किएका थिए।