आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको यस्तो छ, बजेट

330

असार १०,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि कुल बजेट ९६ करोड २८ लाख ७१ हजार रुपैयाको प्रस्तुत गरेको छ । जसमा चालूतर्फ १९ करोड ८२ लाख, पुँजीगततर्फ ३६ करोड २० रुपैयाँ विनियोजन गरिएको छ । सशर्त तर्फ रु ३५ करोड २५ लाख ९१ हजार तथा विषेश ५ करोड गरि जम्मा खर्च समेत रु ९६ करोड २८ लाख ७१ हजार रुपैया रहेको नगरसभामा जानकारी दिएको छ । बजेटको स्रोतहरुमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु १५ करोड ८६ लाख रहेको छ ।

सशर्त अनुदान तर्फ रु ३१ करोड ३ लाख, राजश्व बाँडफाडँ बाट प्राप्त आय ८ करोड २५ लाख ३ हजार रहेको छ ।
आगामी आवमा १६ करोड ७८ लाख ६३ हजार रुपैयाँ राजस्व तथा आन्तरिक आय प्राप्त हुने अनुमान गरिएको नगरसभामा जानकारी दिएको हो । अघिल्लो वर्षको अनुमानित बैंक मौज्दात रु ३ करोड, सामाजिक सुरक्षा ९ करोड, प्रदेश सरकारबाट ८७ लाख ४३ हजार (समानीकरण) रुपैयाँ बजेट छुट्याएको छ ।

सशर्तबाट ४ करोड २२ लाख ९१ हजार विषेशबाट ५ करोड तथा राजस्व बाँडफाँडबाट प्राप्त २ करोड २६ लाख रहेको छ ।
नगरसभामा आर्थिक विधेयक २०७५ प्रस्तुत गर्दै राजस्व परामर्श समितिका सदस्य तथा वडा नम्बर २ वडाका वडाअध्यक्ष शिवहरी केसीले नगरसभामा प्रस्तुत कुनै बुदाँ प्रदेशसंग बाझिएको खण्डमा प्रदेश कानुन अनुसार हुने बताएका छन् ।

उक्त नगरसभामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका सदस्य तथा वडा नम्बर ८ का वडाअध्यक्ष परासर सापकोटा नगरसभामा आगामी आर्थिक वर्षको लागि व्यवको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
नगरसभामा नीति तथा कार्यक्रमको सार्वजनिक गर्दै नगर उपप्रमुख विणा बास्तोलाले नगरपालिकालाई योजनावद्ध ढंगले विकाश गर्न भूउपयोग नीति अन्र्तगत कृषि उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र, आवास क्षेत्र हरियाली क्षेत्र लगायतको पहिचान गरी नयाँ व्यवस्थित शहर अवधारणालाई यथाशीघ्र शुरु गराउन पहल गरिने बताएकी छिन् ।

नगरप्रमुख सोमप्रसाद मिश्रले आगामी चार वर्षभित्र चागँुनारायण नगरपालिकालाई आर्थिक संम्वृद्ध, विकशीत बनाउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको बताए । नगरप्रमुख मिश्रले पर्यटकीय क्षेत्रमा पूर्वाधारहरुको विकाशगरी पर्यटकबाट उठेको कर पर्यटकीय क्षेत्रमै लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।