Sunday, September 27, 2026
Home खेलकुद विश्वकपको दश दिन

विश्वकपको दश दिन

120

असार १०,
जुन १४ बाट सुरु भएको विश्वकपमा आयोजक रुसले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गर्‍यो। विश्वकपको ११ औैं दिन चलिरहँदा अहिलेसम्म २९ खेलबाट ७१ गोल भएका छन्। सबैभन्दा धेरै गोल भने शनिबार भएका खेलहरुमा भए। शनिबार भएको पहिलो खेलमा बेल्जियमले ट्युनिसियाको गोलपोस्टमा पाँच गोल दाग्यो। ट्युनिसियाले दुई गोल फर्काउँदा उसलाई जित भने पर्याप्त भएन। त्यस्तै, शनिबार नै भएको अर्को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ गोल अन्तरले हरायो। शनिबार नै भएको अन्तिम खेलमा भने जर्मनीले स्विडेनमाथि संघर्षपूर्ण जित निकाल्यो। उसले स्विडेनलाई हराउन अन्तिम समयसम्म कुर्नु पर्‍यो। यही खेलमा जर्मनीका खेलाडी जेरोमी बोटेंग दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए। दश खेलाडीमा सीमित जर्मनीले संकटलाई टार्दै अन्तिम मिनेटमा गोल गरेर टिमलाई विश्वकपमा रहिरहने आश जीवितै राखेको छ। समूह एफको खेलमा मेक्सिको दुई खेलमा जित हासिल गर्दै छ अंकका साथ समूहको शीर्षमा रहेको छ भने जर्मनी र स्विडेन समान दुई खेलमा एक विजयी र एकमा हार व्यहोर्दै समान तीन अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। १५ जुनमा भएका तीन खेलमा आठ गोल भएका थिए। पर्चुगल र स्पेनले ३–३ को बराबरी खेल्दा उरुग्वेले इजिप्टलाई १–० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, इरानले मोरक्कोलाई पनि १–० गोल अन्तरले पाखा लगाएको थियो। १६ जुनमा भने चार खेल भए। त्यस दिनको खेलमा पनि आठ गोल नै भए। जसमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले हराउँदा अर्जेन्टिना र आइसल्याण्ड १–१ गोलको बराबरी खेले। त्यस्तै, डेनमार्कले पेरुलाई १–० गोल अन्तरले पराजित गर्‍यो भने क्रोएसियाले नाइजेरियालाई २–० ले पाखा लगायो।