असार ६,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ बाँसघारीमा रहेको एक होटको कोठामा पुरुष र महिला मृत अवस्थामा फेला परेका छन् । बाँसघारीमा रहेको गारनिस होटलको कोठा नं. २०३ मा भक्तपुर नगरपालिका वडा नम्बर ३ दरवारस्क्वायर बस्ने बर्ष ३० को जीवन तोयना श्रेष्ठ र दोलखा जिल्ला बोच गाउँपालिका घर भएकी बर्ष २२ की मुन्नी तामाङ मृत भेटीएका हुन् ।
मंगलबारदेखि होटलको उक्त कोठमा बसेका उनीहरुले बुधबार ( आज) करिब दुई बजेसम्म पनि ढोका नखोलेपछि संचालकले प्रहरीलाई खबर गरेका थिए ।
होटल संचालकले प्रहरीलाई खवर गरे पश्चात महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट गएको प्रहरी टोलीले कानुन बमोजिम कोठाको ढोका फोडी हेर्दा दुई जना मृत भेटिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले ढोका खोली कोठाभित्र हेर्दा तामाङ (महिला) खाटमा रगताम्य अवस्थामा मृत र श्रेष्ठ (पुरुष) यटेज बाथरुम भित्रको नुहाउने सावरमा प्लाष्टिकको कम्मर बेल्ट घाँटीमा पासो लगाई झुण्डि मृत्त अवस्थामा फेला परेका हुन् ।
प्रहरीले यसबारे अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्राहरु समेत फेला परेको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरका निमित्त सूचना अधिकृत प्रहरी निरिक्षक सुशील कुमार पाण्डेले जानकारी दिएका छन् ।