अहिलेसम्म कोरोनाबाट ५९० जना मृत्यु, बिहिबार १२ जनाको मृत्यु

182
सांकेतिक तस्विर

असोज २२,
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । कोरोना भाइरसबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कास्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।