Friday, September 18, 2026
Home पत्रपत्रिका देशभर मनसुन सक्रिय हुन ढिलाइ

देशभर मनसुन सक्रिय हुन ढिलाइ

194

नयाँ पत्रिका दैनिक- असार ६,
काठमाडौं । पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ । ‘नेपालमा मनसुन प्रवेश गर्दा पश्चिमी वायुको प्रभाव कमजोर थियो,’ पौडेलले भने, ‘पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्न नसक्दा ढिलो भएको हुन सक्छ ।’ अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए । केही दिनअघि पश्चिमी वायुको प्रभाव हुँदा काठमाडौंसहित पश्चिम नेपालका केही ठाउँमा वर्षासमेत भएको थियो । बुधबार उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने पौडेलले बताए ।