Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय माल्दिभ्सको पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजाय

माल्दिभ्सको पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजाय

178

जेठ ३१,
माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ। आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ। गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो। उनीहरू तीनै जनालाई फरक फरक आरोप लगाइएको छ। प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाइको छ। तर, उनीहरूको मुद्दा भने अहिले अगाडि बढेको छैन। देशमा संकटकालको घोषणा गर्ने वित्तिकै उनीहरूलाई पक्राउ गरिए पनि अभियोग लागेकाहरूले भने यसलाई अस्वीकार गर्दै आएका छन्। क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ।