अन्धाधुन्द गोली प्रहार, २० को मृत्यु, २६ घाइते

190
सांकेतिक तस्विर

साउन १९,
काठमाडौं । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली प्रहारमा कम्तीमा २० जनाको मृत्यु र २६ जना घाइते भएका छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको सो घटनामा मारिनेको पहिचान खुल्न बाँकी छ । घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनी दल्लास निवासी भएको खुलेको छ । सीसीटीभीमा कैद भएको फुटेजमा डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको देखिन्छ ।

बीबीसीका अनुसार, घटना भएको ठाउँ अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो । टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डलाई इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् । एक साताअघि मात्रै क्यालिफोर्नियाको फुड फेस्टिबलमा भएको बन्दुक आक्रमणमा ३ जनाको ज्यान गएको थियो ।