क्यान्सर पीडित सविनालाई सात लाख सहयोग

204

जेठ २८,
भक्तपुर । क्यान्सर पीडित सविना लामाको उपचारमा सहयोगार्थ सात लाख ३६ हजार ५ रुपैयाँ प्रदान गरिएको छ । २१ बर्षिय सविना लामाको पाठेघरको क्यान्सर उपचारका लागि विभिन्न सहयोगिहातहरुबाट संकलित रकम आईतवार पत्रकार सम्मेलन गर्दै सविना बचाउ अभियानका अभियन्ताहरुले हस्तान्तरण गरेका हुन् । तेमाल गाउँपालिका ९ चोप्टार निवासी लामा विगत १ वर्षदेखि पाठेघर क्यान्सरबाट पीडित रहेकी छन् । सविनाको उपचार तथा उनीलाई बचाउनकोलागि सविना लामा बचाउ अभियान २०७५ आयोजनामा सहयोगार्थ भक्तपुरमा बृहत् साँस्कृतिक कार्यक्रम गरिएको थियो । तामाङ कालाकाहरुको बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रम मार्फत उठेको रकम विरामी लामालाई नै हस्तान्तरण गरिएको हो ।

कलिलो उमेरमा नै क्यान्सरबाट पीडित लामाको उपचारमा सहयोग होस भनी आफुहरुले देश विदेशमा रहनु भएका सहयोगी मनहरुलाई हार गुहार गरि रकम संकलन गरेको कार्यक्रम संयोजक रोज लामा बताउँछन् ।
उनका अनुसार नेपालमा रहनु भएका नेपाली साथीभाई दिदी बहिनी दाजुभाई तथा विभिन्न देश विदेशमा रहनुभएका सहयोगी मनहरुको सहयोग बाट आफुहरुले सविनाको उपचारमा सहयोग गर्न सकेको उनले बताए । उनले सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि पीर मर्कामा परेको अरु कोही नेपालीको सहयोगमा उहाँहरुको साथ र सहयोग भने अवश्य पनि पाउने आशा समेत रखेको बताए ।

भक्तपुरको सुर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसमा आयोजित सविना बचाउ अभियानमा पुर्व कोरिया राजदूत कमान सिह लामाको प्रमुख अतिथ्यमा सभ्य र भव्यता साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथि आदीवासी चलचित्र महासंघ नेपालाको उपाध्यक्ष समाजसेवी विकु थोकर बिशेष अतिथि तामाङ राष्ट्रिय घेदुङको महासचिव प्रविन तामाङ नेपाल तामाङ कलाकार संघको केन्द्रीय अध्यक्ष सञ्जिव वाइवा,तामाङ राष्ट्रिय साँस्कृतिक घेदुङ अध्यक्ष शुक्रा दोङ काभ्रे निर्माण व्यावसायिक संघको उपाध्यक्ष वीरवललामा,लगाएत अन्य अतिथि, विभिन्न संघ संस्था र समाजसेवी र कलाकारहरु उपस्थिति भएको थियो ।

लामा सहयोगार्थ साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले सहयोगको अव्हान गरि आ आफ्नो प्रस्तुति राखेका थिए । एकलाई पर्दा अर्कोले सहयोग गर्नु नै आफु पनि बाँच अरु पनि बचाउ भएका कारण उक्त कार्यक्रममा तामाङ समुदायका कलाकारहरुले निशुल्क रुपमा सविना बचाउन उल्टै आफुहरुले पनि सहयोग गरि कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु भएको छोर्वाला काई गेताङका प्रस्तोता एवं सहयोग अभियानका अभियन्ता सुदिन लामा दोङले जानकारी दिए । उनका अनुसार आफुहरुको टिमले हाल सम्म ६ जना विभिन्न रोग जस्तै क्यान्सर मृगौला आदि पीडितको सहयोगकालागि अभियान संचालन गरि सकेको जानकारी दिए । सविनाको हाल क्यान्सर अस्पतालमा किमो थेरापी संचालन गरि रहेको छ भने उनको उपचार भने थापाथली स्थित प्रसुती गृहमा भई रहेको छ ।