सूर्यविनायक नगरपालिकामा सडक कार्यविधि नै पालन भएन

168

जेठ २३,
भक्तपुर । आर्थिक वर्षको अन्त्य हुन केही दिनमात्र बाकीँ रहेको छ । त्यसलै विकाश निर्माणका कार्यहरु धमाधम भइरहेका छन् । भक्तपुको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरु धमाधम योजना अनुगमनमा सक्रिय भइरहेका हुन् ।
१० वटा वडा रहेको यस नगरपालिकामा हाल विभिन्न विकाश निर्माण योजनाहरु चलिरहका छन् । नगरपालिकाको पूर्वाधार विकाश समितिका संयोजक रविन्द्र सापकोटा नेतृत्व टोलीले सडक, खानेपानी, विद्यालय लगायतका पूर्वाधारको निरिक्षण गरेको हो । सापकोटा उक्त नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हुन् । बुधबार बिहानैदेखि वडा नम्बर ९ वडाअध्यक्ष उपेन्द्र के.सीलाई संगै इन्जिनियर जनक न्यौपाने सहितको टोलीले योजनाहरुको फरफारको लागि अनुगमन गरेको संयोजक सापकोटाले बताए ।

विकाशका योजना फरपार र नाप जाचँमा इन्जिनिरय सहितको टोलीले अनुगमन गर्दा कतिपय स्थानमा मापदण्ड पुरा नभएको भेटिएको छ । नगर कार्यपालिकाले पास गरेको सडक कार्यविधि–२०७४ अनुसार सबैभन्दा कम चौडाई भनेको ६ मिटर हुनु पर्ने भएपनि उपभोक्ता समितिले भने ४ मिटरमा नै सडक सीमा पर्खाल लगाएको भेटिएको छ । नगरपालिकाको सडक कार्यविधि–२०७४ अनुसार मुल सडक ६, ८, ११ र १५ मिटर चौडाईको हुनु पर्ने प्रावधान छ । यदि व्यक्तीको घर सडक विस्तारमा पर्ने देखिएमा घर नभत्काई उक्त स्थान खुल्ला स्थानमात्र लिएर सडकको स्तरउन्नती गरिने तर खुल्ला स्थानमा भने आवश्यक मापदण्ड पुरा गर्नु पर्ने कार्यविधि रहेको सापकोटाले बताए ।

सूर्यविनायक नगरपालिका केही स्थानमा सडक कार्यविधि नै पालना नहुँदा बजेट निकाश गर्न समेत समस्य हुने देखिएको छ । नगरको १, ५, ६ र ९ नम्बर वडाहरुमा सडकको सिमांकन गर्दा ६ मिटर भन्दापनि कम भएपछि विनियोजित रकम दिन समस्या हुने जनप्रतिनिधिहरुको भनाई छ ।
स्थानीय बासिन्दाले सडक विस्तारमा झेमला गर्ने, मापदण्ड अनुसार बनाउन नदिने गर्नाले केहीमा समस्या भएको वडा नम्बर ९ का वडा अध्यक्ष उपेन्द्र केसीको भनाई रहेको छ । नगरपालिकाको मापदण्ड पुरा नगरी निर्माण भएका जुनसुकैपनि योजनाको भुक्तानी लागि नगर कार्यापालिकाको बैठकमा पेश हुने र त्यसले गर्ने निर्णय नै अन्तिम हुने नगरपालिकाले जनाएको छ ।