यौन सम्पर्क राख्दा राख्दै महिलाको मृत्यु भएपछि

700
सांकेतिक तस्विर

जेठ १६,
रुकुम । सोमबार राति आफ्नै डेरामा बोलाई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएपछि एक युवकलाई प्रहरी पक्राउ गरेको छ । महिलाको ज्यान गएको र मृत्युपश्चात् शव बोकेर नजिकैको नालामा फालेको स्वीकार युवकले गरेका छन् ।
हत्याको आरोपमा मुसिकोट नगरपालिका–१ का १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ शहीद मैदानमा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपमा बादीलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ घर भई हाल मुसिकोट नगरपालिका–१ खलंगमा बस्दै आएकी ३८ वर्षीया इच्छा विसी मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाको नेतृत्वमा गएको प्रहरी टोलीको विशेष अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरिएको उहाँको भनाइ छ । पक्राउ परेका बादीलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको बताइएको छ ।