ट्रम्प किम वार्तामा यी व्यक्ति पनि सहभागी हुने ?

125

जेठ १५,
बीबीसी-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनको जून १२ मा हुने भनिएको शिखरवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन पनि सहभागी हुनसक्ने सम्भावना दक्षिण कोरियाली अधिकारीहरूले व्यक्त गरेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले मूनको सम्भावित सहभागिताबारे प्रारम्भिक चरणमा छलफल भइरहेको जानकारी दिएको छ ।

ट्रम्प-किम शिखरवार्ता अघि गरिने अन्य छलफलको प्रगतिका आधारमा मूनको सहभागिताबारे निर्णय लिइने बताइएको छ।
सिङ्गापुरमा जुन १२ मा हुने तय भएको सो ऐतिहासिक शिखरवार्तामा सहभागी नहुने भन्दै ट्रम्पले गत हप्ता एउटा पत्र उत्तर कोरियाका नेतालाई पठाएका थिए।

किमले देखाएको आक्रोश र वैरभावका कारण निर्धारित भेटका लागि समय अनुकुल नभएको ट्रम्पको तर्क थियो। त्यसले केही अनिश्चितता देखिएको भए पनि भोलिपल्ट्टै उनले वार्ताको सम्भावना कायम रहेको बताएका थिए। ट्रम्प र किमले के विषयमा छलफल गर्लान् भन्ने स्पष्ट नभए पनि उनीहरूको भेट कोरियाली प्रायस्द्वीपको तनाव कम गर्ने र उत्तर कोरियाको परमाणु निरस्त्रीकरणका तरिकामा केन्द्रित हुने विश्वास गरिएको छ।