सबैको साथ पाउदैंः राष्ट्रिय पोशाक संरक्षण महाअभियान

217

माघ २४,
काठमाडौं । नेपालको इतिहास,कला, संस्कृति तथा पहिचान संकटमा परेको भन्दै युवाहरुले सुरु गरेको एउटा अभियानले सबैको साथ पाउन थालेको छ । यो राष्ट्रिय पोशाक संरक्षण महाअभियान सुरुवात गरेको केह वर्ष भयो । राष्ट्रिय पोशाकको रुपमा रहेको दौरासुरुवाल, टोपि तथा गुन्यौचोलीलाई २०६८ सालमा हटाइ नेपाल भित्र रहेका सम्पुर्ण जातजातिले लगाउने पोशाक नै राष्ट्रिय पोशाक हो भन्ने निर्णय भएको थियो । पछिल्लो समयमा २०७४ को स्थानीय निवाचन पछि राष्ट्रिय पोशाकको गरिमा झनै उच्च हुँदै गएको छ। स्थानिय तहमा पनि दौरासुरुवाल, टोपी तथा गुन्यौचोली लाई जननिर्वाचित प्रतिनिधिहरुले सम्मानका साथ औपचारिक पोशाकको रुपमा लगाउन थालेका छन् । यसै अनुरुप ललितपुर जिल्लाको महाँकाल गाउँपालिकाले औपचारिक पोशाकको रूपमा दौरासुरुवाल, टोपी तथा गुन्यौचोलीलाइ गाउँपालिकाको औपचारिक पोशाकका रुपमा यस अभियान सग समन्वय गरि २०७४ कार्तिक ३० गते औपचारिक घोषणा गरेको छ ।

अभियानलाइ देश ब्यापी बनाउने उदेश्यले सातै प्रदेश तथा ७७ वटा नै जिल्लाहरुमा जिल्ला स्तरीय कमिटी निर्माण भइरहेको अभियन्ताले जानकारी दिएका छन् । यसै क्रममा अभियानले औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै पुर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल ,झलनाथ खनाल, शेरबहादुर देउवा, डाक्टर बाबुराम भट्टराई साथै संघीय संसदका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्रीहरू रबिन्द्र अधिकारी लगायत धेरै नेताहरुलाई अभियन्ताहरुले भेट गरिसकेका छन् । नेकपाको अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन अभियानले तयारी गरिरहेको छ । राष्ट्रिय पोशाक दिवस मनाउने तयारीमा सम्पुर्ण अभियान्ताहरु लागिरहेको अभियानको अभियान्ता तथा केन्द्रिय सचिव मुकुन्द काफ्लेले जानकारी दिएका छन् । -तस्विरहरुः अभियन्ताबाट